Aadarsh-Daily

बहुदरमाई न.पा का नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश,

ad-4p

वीरगञ्ज, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेमा आज एक कार्यक्रम बीच ५० जनाले विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका छन् ।

content ad p2
content left

नेपाली कांग्रेस परित्याग गरी परमेश्वर यादव र नेकपा माओवादी परित्याग गरी पन्नालाल यादवको नेतृत्वमा ५० जनाले आज एमालेमा प्रवेश गरेका छन् ।

पर्साको क्षेत्र नम्बर ३ मा पर्ने बहुदरमाई नगरपालिकाका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जस्तिथ नेकपा एमालेका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताको घरमा आई पार्टी प्रवेश गरेका छन् । नव प्रवेशहरुलाई नेता गुप्ताले अविरको टीका लगाई पार्टीमा स्वागत गरेका हुन ।
नेपाली कांग्रेस र नेकपा माओवादीबाट देशको बिकाश नहुने र आफ्नो सत्ता स्वार्थका लागि गठबंधन गर्ने पार्टीको एजेण्डा नरहेकोले हामिहरु एमालेमा प्रवेश गरेको बताएका छन् । साथै पकाहामैनपुर गाउँपालिकामा नेकपा एमाले पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक सम्पन्न भएको छ ।

निर्वाचन परिचालन कमिटीका अध्यक्ष विजय चौरसियाको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले र जसपाका साझा उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण सहभागीहरुले प्रतिबद्धता जनाएका हुन् । उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्यका उम्मेदवार मन्जूर अन्सारी, जिल्ला कमिटी सचिव मनोज गुप्ता, राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम, प्रदेश कमिटी सदस्य शिव पटेल, जिल्ला कमिटी सदस्य धीरज चौरसिया, पुनीत साह, नेता दिनानाथ साह, धामु शर्मा, रामबाबु चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily