Aadarsh-Daily

छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो

ad-4p

वीरगञ्ज १३ कार्तिक । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।

content ad p2

अस्ताउँदो सूर्यलाई अर्घ दिन वीरगञ्जका विभिन्न छठ घाटहरुमा श्रद्धालु भक्तजनको बाक्लो भिड लागेको थियो । वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमिङपुल, रानीघाट, नगवापोखरी, छपकैयाँ पोखरी, श्रीसिया लगायतका विभिन्न ठाउँमा स्थापना गरिएका छठघाटमा सूर्यलाई अर्घ दिन दिउँसैबाट श्रद्धालु भक्तजनको भिड लागेको थियो ।

content left

षष्ठी तिथीको दिन छठ पर्बको मुख्य दिन भएकाले यस दिनलाइ सँझिया घाट भन्ने गरिएको छ ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुहरुले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाँउने चलन रहेको छ ।
अस्ताउदै गरेका सुर्य भगवान र छठी मातालाइ ब्रतालुहरुले जलशायमा पसि बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछता, पात सहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अर्घ दिने गरिन्छ ।

सूर्य अस्त पछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ–आफनो घर फर्किने गर्छन् । कतिपय भने भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिन घाटमा नै सूर्य आराधना गर्दै जाग्राम बस्ने चलन पनि छ ।

सप्तमीको दिन भने उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन हुन्छ । यस दिनलाइ परना भन्ने चलन छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily