Aadarsh-Daily

बहुदरमाई नगरपालिका वडा नं. २ का मतदाताहरू संग मत मागदै सुरेन्द्र कुर्मी र हरेराम पटेल

ad-4p
content left

वीरगञ्ज। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धन पर्साले क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आज बहुदरमाई न.पा. वडा- २ मा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

content ad p2

आज विहान देखि वडा न २ का टोलहरू पश्चमि टोला बैरिया बैरिया ,शिवटोला बैरिया ,सिसियाडी ,दलित बस्ती सिसियाडी,र पिपरा लगायतका टोलहरुमा घरदैलो कार्यक्रम सुरु भएको हो । जसपाका नेता कार्याकर्ता तथा प्रतिनिधिसभाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र पर्सा निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेश सभाका उम्मेदवार हरेराम प्रसाद पटेल आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन्।
जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार सुरेन्द्रर प्र. कुर्मी र हरेराम प्रसाद कुर्मी घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए । घरदैलोका क्रममा प्रतिनिसभा का उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार हरेराम प्रसाद कुर्मीलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना पनि दिएका थिए । नेकपा एमाले बहुदरमाई नगरपालिकाका नगर प्रत्यासी एमाले नेता शिव पटेल,जसपा युवा नेता सुनिल कुशवाहा क्षेत्रीय अध्यक्ष कामेश पडित , संचारकर्मी पन्नालाल साह,मनोज पटेल ,नागिन्द्र यादव , बिनय यादव, संचारकर्मी कृष्णा यादव लगायतको उपस्थिति रहेको थियो!

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily