Aadarsh-Daily

एमालेको लाल किला बन्दै पर्साको क्षेत्र नं ३ , लोकप्रिय हुँदै नेता गुप्ता ।

ad-4p
content left

वीरगञ्ज । लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्सा जिल्लाका प्रभावशाली कृष्णा साह कलवार र शिव पटेलले नेकपा एमालेमा प्रवेश गरेका छन् । कलवार र पटेल आज विरगंजको एक होटेलमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्तासंग भेटघाट गरेर एमाले प्रवेश गरेका छन् । वीरगञ्जमा एउटा भव्य कार्यक्रमका बीच उहाँहरूले पार्टी प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम जानकारी दिए । कलवार यसअघि गत स्थानीय तहको निर्वाचनमा तत्कालिन लोस्पा बाट बिन्दबासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचनमा जित हासिल नगरेपनि उनले आफ्ना प्रतिद्वन्द्वीलाई तत्कालिन , माओवादी केन्द्र , संघीय समाजवादी फोरम नेपाल र नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाई कडा प्रतिष्पर्धा दिएका थिए । पर्सा जिल्लामा युवाहरु बीच सिंह एउटा लोकप्रिया व्यक्ती हुन् । उनी एमालेमा गएसँगै जिल्लामा युवाहरुको एउटा ठूलो समुहपनि एमालेमा लाग्ने निश्चित जस्तो छ । उनलाई एमाले प्रवेश गराउन पछाडीका प्रमुख नायक बिन्दबासिनी गाउँपालिकाका बबलू गुप्ता , हनीफ अंसारी र गम्भीरा साह रहेका छन् । पछिल्लो समय पर्सा जिल्लाको क्षेत्र नं ३ मा नेकपा एमाले प्रतिको आकर्षण बढ्दै गएको छ । यसअघि कयौँ नेताले आफ्नो पार्टी त्यागेर एमालेलाई रोजेका छन् । एमाले प्रवेश गर्नेमा सबैभन्दा धेरै मधेसवादी दलका नेता र कार्यकर्ता रहेका छन् ।

content ad p2

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily