Aadarsh-Daily

अलौ कोनिहामा जसपा,एमालेको घरदैलो कार्यक्रम सम्पन्न,स्थानियको उत्साहजनक सहभागिता ।

ad-4p
content left

वीरगन्ज । नेकपा एमाले र जसपा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारअधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो आज बिरगंज महानगरपालिकाको वडा नम्बर १७ अन्तरगतका टोलहरु कोनिहा , अलौ लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता सुरेन्द्र प्रसाद कुर्मीले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमाले र जसपाका साझा उम्मेदवार लाई मतदान गर्न अनुरोध गरेका थिए । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता कुर्मीले पर्सा क्षेत्र नम्बर २ को बिकाशको लागि जसपा र एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले जसपा ,एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर २ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको छु ।कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार हरेराम पटेल , जसपा नेता पूर्व वाडा अध्यछ बिरेन्द्र प्रसाद यादव, कामेस पडित, मनोज पटेल ,नागिन्द्र यादव ,संचारकर्मी कृष्णा यादव , लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily