Aadarsh-Daily

नेता पटेल ले गरे एमाले जसपा गठबन्धन कार्यालय को उदघाटन

ad-4p
content left

नेकपा एमाले / जसपा गठबन्धन बहुदरमाई नगरपालिका निर्वाचन परिचालन कमिटी सम्पर्क कार्यालयको उद्घाटन आज एक समारोह का बिच नेकपा एमाले मधेस प्रदेश कमिटी का सदस्य नेता शिव पटेल ले डोकैला बहुवरी मा गरेका छ्न।

content ad p2

बहुदरमाई नगरपालिका-४ नेकपा एमाले वडा कमिटी का अध्यक्ष प्रभु रौनियार र जसपा का वडा कमिटी अध्यक्ष छोटेेेलाल रौनियार को सन्युक्त अध्यक्षता मा आयोजित सो कार्यालय उद्घाटन कार्यक्रम मा एमाले जसपा गठबन्धन का तर्फबाट पर्सा क्षेत्र न.२क बिधान सभा सदस्य पदका उमेदवार जसपा पर्सा का अध्यक्ष रामनरेश यादव, सचीव तबरेज अहमद, जिल्ला समन्वय समिति पर्सा का उपप्रमुख पुरन प्रसाद कुर्मी, नेकपा एमाले क्षेत्र न.२ का संयोजक ध्रुब साह, जिल्ला कमिटी सदस्य केदारनाथ तिवारी, नगर अध्यक्ष प्रमोद कुशवाहा,सचिव सुरेन्द्र यादव, सदस्य मनोज यादव, जसपा का नेता एवम बहुदरमाई नपा. का कार्यपालिका सदस्य रामरेखा सिंह, नगर कमिटी सदस्य बिरेन्द्र प्रजापति, प्रमोद यादव लगायत का नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै जसपा अध्यक्ष एवम् प्रदेश सभा सदस्य का उमेदवार रामनरेश यादव ले मंसिर ४ गते हुने निर्वाचन का लागी जनपरिचालन गर्न सम्पर्क कार्यालय सहयोगि हुने चर्चा गर्दै निर्वाचन मा सफलता को लागि कार्यकर्ता को अहम भुमिका हुने भएको ले गठबन्धन नेता कार्यकर्ता लाई अहोरात कार्य गर्न अपिल गर्नु भयो।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily