Aadarsh-Daily

जसपा एमाले द्धारा बहुदरमाई नगरपालिका वार्ड नं.३,४ र ६ घरदैलो सम्पन ,लोकप्रिय हुँदै नेता सुरेन्द्र कुर्मी र यादव ।

ad-4p
content left

नेकपा एमाले र जसपा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारअधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो आज बहुदरमाई नगरपालिकाको वडा नम्बर ३,४ र ६ अन्तरगतका टोलहरु नगरदाहा ,पदमवल, गमहरिया, डोकैला, बहुअरी बदहा लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता सुरेन्द्र प्रसाद कुर्मीले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमाले र जसपाका साझा उम्मेदवार लाई मतदान गर्न अनुरोध गरेका थिए । अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीलाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता गुप्ताले पर्सा क्षेत्र नम्बर २ को बिकाशको लागि जसपा र एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले जसपा ,एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो । क्षेत्र नम्बर २ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको छु ।कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य(क)का उम्मेदवार रामनरेस यादव ,एमाले प्रदेस कमिटी सदस्य शिव पटेल , बहुदरमाई नगर प्रमुख सिहासन साह तेली,जिल्ला समन्वय समितीको उप प्रमुख पुरन कुर्मी बहुदरमाई वाडा नं़४ सुरेन्द्र प्रसाद यादव ,वाडा नं.३ दिनेस यादव , जसपा नेता सुनिल कुशवाहा जसपा जिल्ला सचिव तबरेज अहमद जसपा नेता बिपिन यादव , रामरेखा सिह, चन्दन यादव , ,मनोज पटेल , राष्ट्रिय युवा संघ का युवा नेताहरू लखन पटेल ,बिनेक पटेल, राजन प्रसाद कुर्मी ,उपेन्द्र राय ,अमिरीलाल यादव लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily