Aadarsh-Daily

बारामा मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवनमा रोक

ad-4p

वीरगञ्ज २६ कार्तिक । बारा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लागेको छ ।

content ad p2
content left

आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सुचना जारी गरिएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनापत्रमा मतदानको कार्य सम्पन्न नभए सम्मका लागि बारा जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुणर् रुपमा निषेध गरिएको जनाइएको छ ।ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्रि वितरण नगर्न जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले मदिराको बिक्री तथा सेवनमा रोक लागेका कारण निणर्य कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नु भएको छ । तर यता पर्सा जिल्लामा भने खुलियान मदिराजन्य पदार्थ बिक्री वितरण भई रहेको देखिन्छ

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily