
वीरगञ्ज, २८ कार्तिक । पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण तनावमा छन् । गठबनधनकै नेताहरुसँग धोका खाने र आफु पराजित हुने भान पाइसकेका कर्णलाई यतिबेला जमानत जोगाउने पिर परेको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका कर्णलाई गठबन्धनका सबै भन्दा ठूलो घटक नेपाली कांग्रेसले नै खुलेयाम धोका दिइरहेको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रिय नेताहरु नै वागी उम्मेदवार अजय कुमार द्विवेदीका लागि भोट माग्न थालेपछि कर्णलाई चुनाव जित्न चुनौती देखिएको हो ।

नेपाली कांग्रेसको विद्यान अनुसार बागी नेताको समर्थक तथा प्रस्तावक समेत निलम्बित हुने प्रावधान छ । तर पार्टी भित्र रहेका द्विवेदीका समर्थकहरु खुलेयाम रुपमा उनको भोट माग्न घरदैलोमा हिड्न थालेपछि कर्णको टाउको दुख्न थालेको हो ।
नेपाली कांग्रेस पार्टीको जिल्ला अनुशासन समितिले गठबन्धनको बर्खिलाप जाने नेताहरुलाई कारवाही गर्ने बताएपनि हालसम्म निरिह देखिएको छ । यता कर्णले भने गठबन्धनका नेताहरुलाई सहयोग गर्न दवाव दिदै आएका छन् ।
चुनावमा आफु हारे नेपाली कांग्रेसले पनि थुपै ठाउँमा हार वेहोर्ने लोसपाका नेता कर्णले संकेत गर्दै आएका छन् । पछिल्लो निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बौ चुनाव जितेका कर्णको त्यस क्षेत्रमा राम्रै छबी भएपनि क्षेत्र नम्बर १ मा आएपछि जमानत जफत हुने जोखिम बढेको हो ।

