Aadarsh-Daily

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अवधि अब ३ दिन मात्र बाँकी

ad-4p

वीरगञ्ज, २९ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार अवधि अब ३ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले १ मङ्सिर मध्यरातिदेखि कोणसभा, आमसभा, ¥याली, गोष्ठीलगायत सबै किसिमका प्रचारप्रसार गर्न रोक लगाएको छ ।

content ad p2

विगतका निर्वाचनमा झैँ निर्वाचनभन्दा ४८ घण्टाअघि र मतदान सम्पन्न नभएसम्मको अवधिलाई मौन अवधि मान्ने गरिन्छ । आयोगले यस पटकदेखि मौन अवधि र शून्य समयलाई ‘स्थिर समय’ मान्ने भएको छ । निर्वाचन कानुनमा मौन अवधि शब्दबारे प्रष्ट व्यवस्था नभएकाले शब्द हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

content left

अन्तर्राष्ट्रिय अभ्यासमा ‘साइलेन्स पिरियड’ प्रयोग भएको तर केही देशका अदालतहरूले यसलाई अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको भनी फैसला गरेका तथ्य छन् । तर, नेपालको निर्वाचन कानुनले भने यो शब्दबारे प्रष्ट व्याख्या नगरेकाले निर्वाचन प्रचारप्रसार रोक लगाइएको अवधिलाई ‘स्थिर समय’का रूपमा प्रयोग गरेको उनको भनाइ छ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ (५) अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसारसँग सम्बद्ध कुनै पनि कार्यक्रम गर्न पाइँदैन । स्थिर समयमा दल तथा उम्मेदवार र उम्मेदवारका समर्थकले मतदान प्रभावित पार्ने शैलीका गतिविधि गरेको पुष्टि भएमा उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रचारप्रसारको अवधि सकिन अवधि नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटना बढ्ने भएकाले आयोग सतर्क बनेको निर्वाचन आयुक्त एवं केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले बताए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले गत १२ असोजदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएपछि आचारसंहिता उल्लङ्घनका घटनाबारे उजुरी प्राप्त भएको तथा आयोगले नियम उल्लङ्घन गर्ने दल र उम्मेवारहरूलाई तत्कालै स्पष्टीकरण सोध्दै कारबाही प्रक्रिया अघि बढाएको भण्डारीको दाबी छ ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily