Aadarsh-Daily

पर्साको समस्या संसद्मा बुलन्द गर्ने नेतालाई चुनेर पठाउँन प्रदीप यादवको आग्रह

ad-4p

 वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्सेली जनताको आवाज उठाउने नेता चुन्न मतदाताहरुसँग अनुरोध गरेका छन् ।

content ad p2

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० को लालपर्सा र प्रसूतीपुरमा मङ्गलबार घरदैलो गर्ने क्रममा मतदाताहरुलाई भेट्दै जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार यादवले जनताको समस्या संसद्मा राख्न सक्न नेतालाई चुन्न आग्रह गरे ।

पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘म भन्दा अघि पनि यो क्षेत्रबाट धेरै सांसद्हरु जितेका थिए, तर उनिहरुले यो क्षेत्र र पर्सावासीको समस्या बारे संसद्मा बोल्न हिम्मतसमेत गरेनन् । यद्दपी मैले विगत ५ वर्षको कार्यकालमा पर्साका एकएक समस्या संसद्मा उठाए, पर्सावासीको आवाज संसद्मा बुलन्द गरे । त्यसैले तपाइहरुसँग अनुरोध छ यसपालि पनि यहाको समस्या संसद्मा उठाउने नेतालाई नै चुन्नु होला ।’

content left

एसिड पिडित मुस्कान खातुनको न्यायका लागि आफूले सदनमा पटक-पटक आवाज उठाएकै कारण उनले न्याय पाएको स्मरण गराउँदै जसपाको राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘मुस्कान खातुन जो हाम्रै वीरगञ्जकी चेली हुन्, उनको न्यायका लागि मैले पटक-पटक संसदमा आवाज उठाए, जसका कारण राज्यले उनलाई न्याय दियो ।’

पर्सा क्षेत्र नम्बर १ मा यसअघि सांसद्मा जितेका र अहिले स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीले आफनो कार्यकालमा के के काम गरे ? त्यो जनता सामु छर्लङग नै रहेको भन्दै यादवले भने, ‘द्विवेदी जी एक पटक सांसद्मा जिते, एक पटक वीरगञ्जको उपमेयर पनि बने । उनले पदमा रहँदा के के काम गरे ? मैले एक पटक सांसद्मा जित्दा के के काम गरे ? त्यसको मूल्याङ्कन जनताले गर्ने बेला आएको छ । कामको मूल्याङ्कन र तुलना गरेर मत दिन तपाईहरुसँग अनुरोध छ ।’

यादवले यसपालि चुनाव जिते पछि आगामी ५ वर्षको कार्यकालमा पर्सा क्षेत्र नम्बर १ मा  कहीँ पनि कच्ची सडक नरहने र सबै सडक पक्की बनाउने वाचा पनि मतदाताहरुसँग गरे ।

विगत ५ वर्षको कार्यकालमा आफूले अधिकतम कामहरु गरेको भन्दै यादवले अझ पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु अबको कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।

घरदैलोमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily