

वीरगन्ज । नेकपा एमाले र जसपा गठबन्धनको साझा उम्मेदवार पर्सा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मीले घरदैलो कार्यक्रममा तिब्रता दिएका हुन् । घरदैलो कार्यक्रममा मतदाताहरुले नेता कुर्मीलाई फूलको माला अबीर लगाई स्वागत गरेका हुन । प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रर प्रसाद कुर्मी र प्रदेश सभा सदस्य उम्मेदवार हरेराम पटेल सहितको नेता तथा कार्यकर्ताहरुले बिरगंज महानगरपालिकाको बहुअरि, रामगढवा,नया बस्ती लगायतको गाउँमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रम बृद्धबृद्धा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम क्रममा आम मतदाताहरुले धेरै चोटी जिताई मन्त्री समेत बनाएका सांसदले केही नगरेकोले उनको विकल्प स्वरूप हामीले नेकपा एमाले र जपसा लाई नै मतदान गर्नेछौ भने प्रतिवद्धता जनाएका छन् । घरदैलो कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रर प्रसाद कुर्मी प्रदेश सभा सदस्य उम्मेदवार रामनरेस यादव , जसपा नेता कामेस पडित ,जसपा जिल्ला सदस्य बिरेन्द्रर प्रसाद यादव , रामानन्द पटेल , लगायतको उपस्थिति रहेको थियो।

