Aadarsh-Daily

कांग्रेसले रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ – नेता गुप्ता 

ad-4p

 वीरगन्ज । पर्सा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले मङ्गलबार पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ दोहरी , खजुरिया , सथवल मथ्वल , शिधपुरमा घरदैलो कार्यक्रम गरेका छन् ।

content ad p2

पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ दोहरी , खजुरिया , सथवल मथ्वल , शिधपुर लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार गुप्ताले आफनो चुनाव चिन्ह सूर्य छापमा मतदान गर्न आग्रह गरेका थिए ।

content left

उम्मेदवार गुप्तालाई जिताउन युवा देखि बृद्धसम्म घरदैलो एवं सभाहरुमा सयौंको संख्यामा सक्रिय भएर पुग्ने गरेको पाईएको छ । घरदैलोको क्रममा सयौं युवा तथा महिलाहरुले मत मागिरहेका छन् ।

सत्ता गठबन्धनको सरकारले भ्रष्टाचारका कारण आजित भएको बेला सत्ता गठबन्धनको उम्मेदवारहरुलाई जनताले बहिस्कार गर्दै नेकपा एमालेका उम्मेदवारलाई रोज्ने लहर नै चलेको घरदैलो अभियानमा पुष्टि हुन्छ । पर्सा लगायत मधेस प्रदेशको बिभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारले आजित भएका जनता हाल हुन गइरहेको निर्वाचनमा छबि देखेर नेकपा एमालेका उम्मेदवारलाई नै रोज्ने नेता राजकुमार गुप्ताको पक्षमा देखिएको जनलहरले प्रमाणित गरेको हो ।

सत्ता गठबन्धनका नेताहरु निर्वाचनको समयमा आउने जनतालाई बिभिन्न किसिमको आश्वास दिने बाहेक केही विकासको काम नगरेको भन्दै यसपालि नेकपा एमालेका उम्मेदवारलाई नै रोेज्ने स्थानीयहरुले बताएका छन् । नेपाली कांग्रेस पार्टीका नेताहरु रकम बाडेर निर्वाचित हुने सपना अब त्यागे हुन्छ, उनले बताए । क्षेत्र नम्बर ३ को लागि नेकपा एमालेका उम्मेदवार गुप्ताको स्वच्छ छबि भएका कारण यसपालिको निर्वाचनमा गुप्ताको सूर्य छाप मै मोहर लगाउने बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार मंजूर अंसारी , सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादव , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम , नेता हनिफ़ अंसारी , श्रीलाल साह कानु लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily