Aadarsh-Daily

 लाठिफाटाले के होख तैयार नेपाल अभि बन्दै बा ” बिर्सनेलाइ याददिलाउनु पर्छ-कर्ण

ad-4p

वीरगन्ज । वीरगन्ज महानगरपलिका अन्तर्गत परवानिपुरमा पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनको रात्रि सभा सम्पन्न भएको छ । कार्यक्रममा पाँचै दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

content ad p2

कार्यक्रममा काङ्ग्रेस नेता हबिब मियाले समर्थन जनाउदै २१ नम्बर वाड को सम्पुर्ण जनताले पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभा सदस्य लोसपा नेता लक्ष्मणलाल कर्णलाई जिताउन अनुरोध गर्दै छु भनेर बताउनु भएको छ । उनले भने काङ्ग्रेसमा भ्रम छरेरकेहि हुदैन अजय दुवेदि काङ्ग्रेसका नेता होइन बल्कि काङ्ग्रेस बाट निकालिएको सवतन्त्र उमेदवार हुन ।

content left

लोसपाका नेता नेजामुदिन सोमानिले भने बिगतमा जितेका दुइवटा नेता जितेपछि केगरेका छ्न ? सथै त्यो जितेका नेताहरू जितेपछि दाउरासुलुवार लगाए तर लक्ष्मण लाल कर्ण जितेपछि मदेश लाइ चिनाउनको लागि सन्सदभवनमा जादा मधेशको पहिचान धोतिकुर्ता लगाएर गयेका व्यक्तिहुन । देशमा भएको बिभेद लाइ हटाउनको लागि पाँच दलिय लोकतान्त्रिक बाम गठबन्धन बनेको छ। देशमा सुशासन कायम गर्न्को लागि लक्ष्मण लाल कर्ण लाई जिताउन जरुरि रहेको छ ।

कार्यक्रम कै क्रममा कर्णले मधेसका जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको नक्कलि चेहरा जनताको सामु उजागर भैसकेकोले त्यस्ता भ्रष्टाचारी बहुरुपिया गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो ।
लाठिफाटाले के होख तैयार नेपाल अभि बन्दै बा ” यो गाना सभैलाइ सम्झना होला यो एउटा गानाले मधेशको अधिकार दिलाउनको लागि पुरै मधेशि एक जुट भएका थिए त्यो समय फेरि आएको छ ।

फेरि मधेशिको माङगपुरा गर्नको लागि एक जुट हुन जरुरी छ । सन्सार मा कुनै पनि ठाउँमा मदेश आन्दोलन जस्तो शान्तिपुर्न आन्दोलन भएको छौन । तर तेहि आन्दोलनमा सक्रिय भएको नेताहरु अहिके मधेस र मधेसी लाई बर्बाद गर्ने मधेसी लाई गालि गर्ने ओलिको गोदिमा गएर बसेका प्रदीप जस्तो बहुरुपिया लाई अहिले जनताले देखाउने समय आएको छ ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily