Aadarsh-Daily

एमाले उम्मेदवार जालिमलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी ।

ad-4p

वीरगञ्ज, ३० कार्तिक । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

content ad p2

पर्सा ४ मा नेकपा एमाले–जसपा गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा एमालेका उम्मेदवार मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडी बिच साम्प्रदायिकता फैलाउने गरि अभिव्यक्ति दिएको भन्दै त्यहि क्षेत्रबाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन् ।

content left

रिजालले मियाँ विरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् ।

रिजालले दिएको उजुरीमा भनिएको छ – पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मङ्गलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदाय विच द्धन्द भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।

निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचार प्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । एमालेका उमेदवार मियाँले सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत पठाएको काँग्रेस उमेदवार रिजालले बताए ।

निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा २२ को १ (ग) मा कुनै धर्म जातजाती वर्ग,क्षेत्र वा सम्प्रदाय बिचको सम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रियताको आधारमा घृणा वा विद्वेष उत्पन्न गर्न नहुने व्यवस्था छ । उक्त दफाको (२) मा यस्तो कसुर गर्नेलाई २ लाख रुपियाँ जरीवाना र ३ बर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily