Aadarsh-Daily

काँग्रेस त्यागेर दर्जनौ नेताले गरे एमाले प्रवेश ।

ad-4p

वीरगन्ज । पर्सा – ३ मा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ । नेकपा एमालेले नै देशको सच्चा पहरेदार भएकाले बताउदै दैनिक दर्जनौ नेताहरुले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिरहेका छन् ।

content ad p2
content left

नेकपा एमाले पकाहामैनपुर गाउँपालिका वडा नं १ का वडा निर्वाचन परिचालन कमिटीको आयोजना गरिएको वडा स्तरीय भेलामा पोखरीया नगरपालिका वडा नं ७ का सुरेश पटेल , अमल माली र धोरेका रामजी शर्माको नेतृत्वमा दर्जनौ नेताहरुले नेपाली कांग्रेस पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

सम्पूर्ण नवप्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले अबीर खाँदा लगाई पार्टीमा स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार डा मधु गुप्ता , समानुपातिक उम्मेदवार तेजप्रकाश निषाद , प्रदेश कमिटी सदस्य शिव पटेल , जिल्ला कमिटी उपसचिव संजिव मिश्रा , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम , नेता धामू शर्मा , विजय चौरसिया लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily