Aadarsh-Daily

लामो समय बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

ad-4p

 हेटौंडा १ मंसिर । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । लामो समय बन्द रहेर सञ्चालनमा आएको केही समयमै पूर्ण क्षमतामा उद्योगले दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जानकारी दिएको छ ।

content ad p2

यसअघि उद्योगले ३०० देखि ४०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन शुरू गरेको जानकारी दिए ।

content left

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट विक्री वितरण शुरू गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत शुरू भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महीनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो ।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन शुरू भएको हो ।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब र नयाँ प्लान्ट निमार्णका लागि ५ अर्बदेखि ८ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । उद्योगमा हाल २१८ जना कर्मचारी छन् । -रासस

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily