Aadarsh-Daily

समानुपातिक तर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्पा तेस्रो

 

ad-4p

वीरगञ्ज, ८ मंसिर । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

content ad p2

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ४ लाख ८७ हजार ९८८ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

content left

त्यस्तै नेपाली कांग्रेसले ४ लाख ५३ हजार ४५९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म २ लाख ५३ हजार ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले २ लाख १७ हजार ७९१ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म एक लाख ३३ हजार ९४८ मत प्राप्त गरेको छ भने जसपाले ५६ हजार ४०३ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले ४६ हजार ९९६, नागरिक उन्मुक्ति पार्टीले ३२ हजार ५४१ मत, जनमत पार्टीले ३१ हजार ९०६, एकीकृत समाजवादी पार्टीले ३१ हजार ४६ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily