Aadarsh-Daily

पर्सा -३ मा एमालेका राजकुमार गुप्ता विजयी

ad-4p

वीरगञ्ज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् ।

content ad p2

रोचार प्रतिष्पर्धाका विच नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीलाई १ सय ५१ भोटको झिनो मतान्तरले पराजित गर्दै गुप्ता निर्वाचित भएका हुन् ।

content left

बुधबार अवेर राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले २४ हजार १०९ मत पाएका छन् ।
मतगणनाको सुरुवातदेखि चौधरीले अग्रता लिएपनि अन्तिम समयमा आएर गुप्ताले मतान्तर घटाउँदै गएका थिए ।

गुप्ता र चौधरी यसअघि २०७४ मा यसै क्षेत्रबाट तत्कालिन संघीय समाजवादी फोरम नेपालका हरिनारायण रौनियारसँग पराजित भएका थिए ।

यद्दपी यस पटक जसपा-एमालेले गठबन्धनका कारण पर्सा-३ एमालेको भागमा परेपछि जसपाले प्रदेशसभामा आफ्नो उम्मेदवार लडाएको थियो ।

गुप्ता दोस्रो संविधान सभाको निर्वाचनमा पर्सा-३ बाट निर्वाचित भएका थिए भने चौधरी पर्सा-४ बाट निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily