Aadarsh-Daily

एमालेबाट बगावत गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह विजयी

ad-4p

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् ।

content ad p2

साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

content left

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।
नेकपा एमालेले जसपासँग चुनावी गठबन्धन गरेपछि एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका साहलाई सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको उक्त क्षेत्रमा आफ्नो उमेदवारी निष्कृय पार्न नेकपा माओवादी केन्द्रले रविन्द्र पटेललाई निर्देशन दिएको थियो ।

तर पटेलले आफ्नो उमेदवारी कायमै राखे भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र एकीकृत समाजवादीले अर्का स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाललाई समर्थन गरेका थिए
जयसवाललाई नेकपा एमालेलेसमेत समर्थन गरेको थियो । स्वतन्त्र उमेदवार प्रभु साहले त्यस क्षेत्रमा गरेको विकास र जनसेवालाई मूल्यांकन गरे पुन उनलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले विजयी बनाएका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दलको समर्थन पाएका अर्का स्वतन्त्र उमेदवार ओम प्रकास जयसवालले साहसँग फराकिलो मतान्तरमा पराजय भोग्नु परेको छ ।

सवै शक्ति लाग्दा समेत प्रभु साह आफ्नो निर्वाचन क्षेत्रमा बलियो उमेदवारको रुपमा देखिन सफल भएका छन् ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily