Aadarsh-Daily

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।

ad-4p
content left

बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको उपज को रुपमा केही उम्मेदवार र व्यक्ति ले सत्ता को आडमा भ्रम फैलाइरहेको मा सजग रहन आफ्नो मतदाता क्षेत्र को जनसमुदाय मा आग्रह गर्नु भएको छ ।’ केही व्यक्ति ले गरिरहेको षड्यन्त्र को जनताले प्रतिकार गर्ने छ’ गुप्ताले भन्नुभयो।प्रतिनिधि सभा सदस्य पर्सा क्षेत्र न ३ को मतगणना सकिएपछि सर्वदलीय सर्वसम्मतिले मुचुल्का उठाएर क्षेत्र न ३ को निर्वाचन अधिकृत योगनाथ ढकालले माइकबाट नेकपा एमाले का राजकुमार गुप्ता निर्वाचित भएको घोषणा गर्नु भएको थियो । निर्वाचन अधिकृत ढकालले मौखिक को साथमा सार्वजनिक सूचना समेत टास गर्नु भएको थियो । सबै उम्मेदवारले पाएको मत सहितको अन्तिम विवरण लेखेर त्यसमा निर्वाचन अधिकृतको कार्यालयकै छाप लगाउनुका साथै हस्ताक्षर गरेर ह्वाटसएपमा पठाएको गुप्ता बताउनुहुन्छ । निर्वाचन आयोग को आधिकारिक बेवसाइड मा पर्सा ३ को प्रतिनिधि सभा सदस्य निर्वाचन को मतगणना को परिणाम को घोषणा गर्दै राजकुमार गुप्ता निर्वाचित भएको उल्लेख गरेको छ ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily