Aadarsh-Daily

महोत्तरी– १ मा मतगणना रोकियो ,जनमत पार्टीको प्रदर्शन  

ad-4p

वीरगन्ज,१० मंसिर : महोत्तरी निर्वाचन क्षेत्र नंबर १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप लगाउँदै गणनामा अवरोध गरेको छ ।

content ad p2
content left

गणकले गणना गर्दा र मुचुल्का उठाउँदा आफ्नो पार्टीको भोट तलमाथि बनाएको जनमत पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी क्षेत्र नंबर १ का प्रतिनिधिसभा उम्मेदवार वीरेन्द्र महतोले आरोप लगाए ।

क्षेत्र नंबर १ को निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने तयारी भइरहेको जनाएको छ । निर्वाचन अधिकृत गुणराज श्रेष्ठले मुचुल्का उठाउँदा गरिएको समयमा त्रुटी भएको तर डेटा अपडेट गर्दा त्यो त्रुटी नहुने हुँदा मत अन्यत्र जाने कुरा असम्भव भएको बताए ।

अन्य पार्टीमा मत गएको दाबी गर्दै आफ्नो मत संरक्षण गर्नुपर्ने माग गर्दै जनमतका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।साभार : कान्तिपुर

 

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily