Aadarsh-Daily

 विश्वकप फुटबलमा आज चार खेल हुदै

ad-4p

वीरगन्ज ,१० मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा शनिबार (आज) चार वटा खेल हुँदैछन्।

content ad p2

शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई/दुई खेल हुदैछन्।

content left

शनिबारकाे पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे शुरू हुनेछ।

शनिबारकाे दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबिया बीच प्रतिस्पर्धा हुनेछ।उक्त खेल खेल साँझ ६ः४५ बजे शुरू हुनेछ।

शनिबारकाे तेस्रो खेलमा फ्रान्स र डेनमार्क राति ९ः४५ बजे भिड्दैछन्।

शनिबारको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ।उक्त खेल राति १२ः४५ बजे हुनेछ। विश्वकपमा ३२ वटा राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily