Aadarsh-Daily

सबै षड्यन्त्रलाई परास्त गर्दै पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा अनतत: राजकुमार गुप्ता नै विजयी

ad-4p

बीरगन्ज / सबै षड्यन्त्र लाई परास्त गर्दै पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा अनतत: राजकुमार गुप्ता नै विजयी भएका छन् । प्रत्यक्ष तर्फ को मतगणना मा १५१ मत ले विजयी गुप्ता समानुपातिकको मतगणनामा फेला परेको प्रत्यक्षतर्फको मतपत्र लाई सदर मानी गणना गर्दा झन् १६७ मतले विजयी भएका हुन् ।

content ad p2

निर्वाचन अधिकृत योगनाथ ढकालले प्रत्यक्ष र समानुपातिक को मतगणना सम्पन्न भय पछि निर्वाचित राजकुमार गुप्तालाई प्रमाणपत्र दिनु भएको छ ।

content left

प्रत्यक्ष तर्फको मतपेटिका र समानुपातिक को मतपेटिका मा रहेको प्रत्यक्ष को मत को अन्तिम मत परिणाम अनुसार एमाले को राजकुमार गुप्ताले २४३१९ र काग्रेसको सुरेन्द्र चौधरी ले २४१५२ मत ल्याएको निर्वाचन अधिकृत योगनाथ ढकालले ले जानकारी दिनु भएको छ ।

समानुपातिक को पेटीमा फेला परेको प्रत्यक्ष तर्फको १५५ मतमपत्र मा सुर्य ५९, काग्रेस ४३, शुसासन पार्टी २२ र अन्य ले मत ल्याएको छ । यस अधि १५१ मतले बिजयी गुप्ता समानुपातिक तर्फको मतपेटिका मा प्राप्त मत लाई जोडदा १६७ मत ले निर्वाचित हुनु भएको छ ।

निर्वाचन अधिकृत योगनाथ ढकालले बिहीबार बिहान प्रत्यक्ष तर्फको मतगणना पछि गुप्ता निर्वाचित भएको घोषणा गरेका थिए । सो घोषणा लगत्तै निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाईट मा समेत गुप्ता निर्वाचित भएको सूचना सार्वजनिक गरेका थिए ।

यता काग्रेसको उम्मेदवार सुरेन्द्र चौधरी ले षड्यन्त्र गरि प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भय पछि पनि २७८ मत गायव भन्दै समानुपातिक को पेटीमा फेला परेको मतपत्र लाई प्रत्यक्ष तर्फको गणना मा जोडन दवाव दिन्दै आएका थिए ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily