
वीरगञ्ज, ११ मंसिर । मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्जका एक युवकले ज्यान गुमाएका छन् ।शनिबार राति वीरगञ्जमा भएको मोटरसाइकल दुर्घटनामा एक १९ वर्षीय युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मुर्ली निवासी १९ वर्षीय साहिल हवारी रहेका छन् । त्यस्तै घाइते हुने पनि सोही स्थानका वासिन्दा २० वर्षीय सरताज अन्सारी रहेका छन् । मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका हवारीको उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । दुर्घटना पश्चात वीरगञ्जस्थित स्पर्श मल्टीस्पेश्यालिटी हस्पिटलमामा गम्भीर रुपले घाइते भएको अवस्थामा भर्ना भएका हवारी उपचारको क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार मृतक हवारीको लास जाचँ प्रकृती मुचुल्का लगायतको अनुसन्धान कार्य सम्पन्न गरी उनको शव पोष्ट मार्टमकोलागी नारायणी अस्पताल वीरगञ्ज पठाई घटना बारे थप अनुसन्धान भइरहेको छ ।

