Aadarsh-Daily

अफगानिस्तानको घरेलु मैदान अब युएई

ad-4p

अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई आफ्नो घरेलु मैदान बनाएको छ । द इमिरेट्स क्रिकेट बोर्ड (इसिबी)ले आगामी पाँच वर्षको लागि अफगानिस्तानलाई घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने सम्झौता गरेको हो ।

content ad p2

जसका लागि इसिबी र अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले सम्झौता गरेका हुन्। सम्झौतासँगै अफगानिस्तानले युएईसँग पाँच वर्षमा तीन टी-२० शृंखला खेल्नेछ । सम्झौतापछि भिषाको लागि समेत इसिबीले सहयोग गर्ने बताएको छ ।

content left

पछिल्लो समय अफगानिस्तानले युएईमै अभ्यास गरिरहेको थियो । तर, अफगानिस्तानले शृंखलाको लागि मात्रै मैदान प्रयोग गर्ने गरेको थियो ।  सम्झौतासँगै अफगानिस्तानले लामो समयसम्म युएईलाई आफ्नो घरेलु मैदान बनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा राजनीति प्रभावसँगै कुनै पनि टोलीले अन्तर्राष्ट्रिय खेल खेल्न मानेको छैन । सन् २०२१ अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको थियो । यससँगै एसिबीका केही पदाधिकारी देश छाडेर युएई पुगेका थिए । राष्ट्रबाट खेल्दा भिषा हातपार्न समेत निकै दवाव थियो । युएईलाई घरेलु मैदान बनाएसँगै यो समस्याबाट समेत अफगानिस्तानले पार गरेको छ ।

सम्झौतापछि अफगानिस्तानले अस्ट्रेलिया, पाकिस्तान र वेस्ट इन्डिजसँग तीन एकदिवसीय शृंखला खेल्नेछ । यसैगरी जिम्बाव्वेसँग समेत खेल्ने तालिका छ । जुन खेलका लागि अफगानिस्तानले आबु धाबी, दुबई र शारजाहको मैदान प्रयोग गर्नेछ ।

यसअघि अफगास्तिानले सन् २०१३ देखि २०१७ सम्म लोहोरमा अभ्यास गरेको थियो । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)सँगको सम्झौतासँगै भारतमा अभ्यास गर्दै आएको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily