Aadarsh-Daily

कांग्रेसका महासचिव यादवलाई हराउँदै धनुषा-४ बाट महासेठ निर्वाचित

ad-4p

वीरगञ्ज, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

content ad p2

नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवलाई हराउँदै महासेठ निर्वाचित भएका हुन् । महासेठ विजयी भएको निर्वाचन आयोगले पनि औपचारिक घोषणा गरिसकेको छ ।

content left

निर्वाचित भएका महासेठले ३२ हजार ३ सय ३६ मत ल्याएका छन् भने यादवले ३२ हजार १ सय १२ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभा तर्फ महासेठले यादवलाई पराजित गरेका थिए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट महासेठकी पत्नी जुली कुमारी महतो (महासेठ) पनि निर्वाचित भएकी छन् । उनले पूर्वमन्त्रीसमेत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता अनिलकुमार झालाई पराजित गरेकी छन् ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily