Aadarsh-Daily

भारतबाट भाउ घटेर आयो इन्धन, आयल निगमले तत्काल नघटाउने

ad-4p

 भारतबाट इन्धनको मूल्य घटेर आएको छ।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले जनाएको छ। एलपी ग्यास भने ४४ रुपैयाँले बढेर आएको छ।

content ad p2
content left

मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। अब निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपैयाँयाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा भएको छ।

यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिण्डर २७७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।

इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेको भन्दै निगमले मूल्य घटाएको छैन।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily