Aadarsh-Daily

सरकार बनेको तीन महिनाभित्र नागरिकता बारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

ad-4p

नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् ।

content ad p2
content left

शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका महासेठले , ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’

धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।नागरिकता नपाएर करिब ६÷७ लाख जना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।साभार : अनलाइनखबर

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily