Aadarsh-Daily

संसदमा आएका केही व्यक्तिका कारण संघीयता तथा पहिचानवादीलाई चिन्तित बनाएको छ

ad-4p

१० लाख युवालाई रोजगारी दिने, एक घर एक रोजगारी दिने, नेपालमा मधेश रहने कि छुट्टिने विषयमा जनमत संग्रह नै गराउने, तत्कालै मल खाद उपलब्ध गराउने जस्ता सपना उहाँले बाँड्नु भएको छ । उहाँले बाँडेका ती सपना कसरी पुरा गर्ला

content ad p2

मनिष सुमन

कार्यकारिणी सदस्य एवं प्रवक्ता, जनता समाजवादी पार्टी नेपाल

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट चुनावमा पराजित हुनुभएको छ । यो कुराले नेपालको राजनीतिमा ठाउँ पाएको छ । उपेन्द्र यादव र उहाँको पार्टी जसपामाथि अहिले विभिन्न टिप्पणी भइरहेका छन् । आखिर यो अवस्था आउनुमा दोषी को ? कहाँ भयो त्रुटी ? यही विषयमा केन्द्रीत रहेर सो पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः

यसपालीको चुनावमा सप्तरी २ निकै चर्चामा रह्यो । त्यो तपाईको चुनावी क्षेत्रपनि हो । त्यहाँ जसपाका किन कमजोर भयो ?

–जसपा कमजोर भएको छैन । जसपा जहाँको त्यही छ । त्यहाँका जनताले त्यो क्षेत्रमा नयाँपन खोजेको हो । त्यही कारणले त्यहाँ त्यस्तो देखिएको हो । सप्तरीमा मात्र होइन, देशभरकै जनताले यसपाली केही नयाँ खोजेका छन् । त्यसको प्रभाव सप्तरीमा पनि परेको हो, कुरा त्यति मात्र हो । जसपा नेपाल कमजोर भएको छैन । हामी निर्वाचनमा मात्र पराजित भएका छौं । विचारले, सिद्धान्तले, संगठनले मिसनले हामी कमजोर भएका छैनौं । हाम्रो पार्टीको एजेण्डा, मुद्दा अहिले पनि सबै पार्टीभन्दा एग्रेसिभ छ । त्यसैले जसपा त्यहाँ कमजोर भएको छैन, बरु वैचारिक रुपमा झन बलियो भएको छ ।

मान्छेले नयाँ त्यतिबेला खोज्छन्, जब पुरानोबाट गरेको अपेक्षा पुरा भएको हुँदैन । तपाईहरुबाट सप्तरीका जनताले गरेको अपेक्षा पुरा गर्नु भएन त्यही भएर त्यहाँको जनताले नयाँ रोजेका हुन् कि ?

–हामीलाई लाग्दैन कि हामीले सप्तरीवासीको अपेक्षा पुरा गरेका छैनौं । उपेन्द्र यादवको नेतृत्वमा सप्तरीमा थुप्रै कामहरु भएका छन् । ६०–७० साले संसदीय राजनीतिमा हामी सप्तरीबासीले थुप्रैपटक आफ्नो प्रतिनिधि चुनियौं । तर सप्तरी २ मा कुनै पनि प्रतिनिधिले गर्न नसकेको काम उपेन्द्र यादवले यो साढे चार वर्षको अवधिमा गर्नुभयो । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्व विद्यालय, विभिन्न सडक सञ्जाल, मेडिकल कलेज, इञ्जिनियरिङ कलेज, नरसिङ कलेजलगायत रोजगारी सृजनालगायतका अन्य थुप्रै काम हामीले त्यहाँ गरेका हौं । यो कुराको मनन त्यहाँको जनताले पनि गरेका छन् । तर त्यहाँको जनतामा सायद यो भन्दा बढी अपेक्षा थियो कि त्यो थाह भएन तर विकास निर्माणको मामिलामा हाम्रो जसपाका अध्यक्ष उपेन्द्र यादवले जनताको अपेक्षाभन्दा बढी काम गर्नुभएको छ । तर त्यो भन्दा बढी  अपेक्षा गरे कि जस्तो लाग्यो । अब चुनिएका ती जनप्रतिनिधिले ती अपेक्षाहरु पुरा गर्नुहुनेछ भनि विश्वास गरौं ।

तपाई गत चुनाव त्यहीबाट जित्नुभएको थियो, अहिलेको चुनावमा पनि पुरा समय त्यहीको जनतालाई दिनुभयो, तपाईलाई के लाग्छ त्यहाँको जनताले नयाँ अपेक्षा के गरेका होलान् ?

सत्यमणी त्रिपाठीले सुरु गर्नुभएको मधेश आन्दोलन, गजेन्द्रबाबुदेखि आजसम्मको भएको मधेश आन्दोलनपछि आजको यो अवस्थामा पुर्याउनमा मधेशवादी दलले खेलेको भूमिकाको सलाम गर्नैपर्छ । आज उदाएका दलहरुले पनि आफ्ना अभिभावकत्व दललाई सलाम गरेनन् भने इतिहासप्रतिको बेइमानी हुन्छ ।

–हामीमाथिको रोष, हामीबाट अपेक्षा पुरा नभएको भन्दा पनि यसपाली सो क्षेत्रका लागि नयाँ उम्मेदवार हुनुहुन्थ्यो सिके राउत । उहाँले समाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममार्फत जनतासमक्ष थुप्रै सपना बाँड्नु भयो । ती सपनाहरु पुरा हुने अपेक्षा त्यहाँका जनताले गरेको छ । १० लाख युवालाई रोजगारी दिने, एक घर एक रोजगारी दिने, नेपालमा मधेश रहने कि छुट्टिने विषयमा जनमत संग्रह नै गराउने, तत्कालै मल खाद उपलब्ध गराउने जस्ता सपना उहाँले बाँड्नु भएको छ । उहाँले बाँडेका ती सपना कसरी पुरा गर्ला त्यो आउने दिनले बताउनेछ । तर जनतामा ठूलो अपेक्षा जागेको छ । डाक्टर साहबले ती अपेक्षा पुरा गरोस् भनि मेरो शुभकामना छ ।

जनतामा सिके राउतको क्रेज, उहाँले गरेको प्रतिवद्धताले मात्र उहाँ चुनाव जित्नुभएको हो कि अरु पनि केही कारण छन् ?

–जनता जनार्दन हुन् । जनता भगवान हुन् । जनताले नयाँपन खोजे । सप्तरी २ मा मात्र होइन, देशैभर त्यो लहर देखिएको हो । त्यही नयाँपनमध्ये त्यहाँ (सप्तरी) का जनताले डाक्टर साहब (सिके राउत)लाई रुचाए । तीनजना उम्मेदवारमध्ये एकजना (जेपी ठाकुर)ले फिल्ड छाडि सक्नुभएको थियो । त्यहाँ दुईजना (सिके राउत र उपेन्द्र)मा मात्र प्रतिस्पर्धा थियो । त्यहाँको जनताले विकल्पको रुपमा डाक्टर साहबलाई रोजेका हुन् । अन्य अरु कारण केही पनि छैन । जनताले सिके राउतलाई रोजेको हो ।

त्यत्रो मधेश आन्दोलन भयो । त्यसक्रममा मधेशी नेताले त्यहाँका जनतासँग ठूला ठूला प्रतिवद्धता गर्नुभएको थियो । मधेश आन्दोलनपछि ती नेताहरु सत्ता र संसदमा अल्झिनुभयो तर ती प्रतिवद्धता पुरा गर्नेतिर जानुभएन । त्यसैको सजाय स्वरुप जनताले यस्तो मत जाहेर गरेका हुन् भनि टिप्पणीहरु भइरहेका छन् यसमा तपाईको टिप्पणी के छ ?

–मधेशवादी दलका नेताहरु आफ्नो वाचामा खरो उत्रे भनि म दावा गर्दिन । सत्यमणी त्रिपाठीले सुरु गर्नुभएको मधेश आन्दोलन, गजेन्द्रबाबुदेखि आजसम्मको भएको मधेश आन्दोलनपछि आजको यो अवस्थामा पुर्याउनमा मधेशवादी दलले खेलेको भूमिकाको सलाम गर्नैपर्छ । आज उदाएका दलहरुले पनि आफ्ना अभिभावकत्व दललाई सलाम गरेनन् भने इतिहासप्रतिको बेइमानी हुन्छ । म ३३–३४ वर्षदेखि यही राजनीतिमा छु । एकदिन यस्तो समय थियो कि मधेशी भएर पनि यो राज्यमा बाँच्न पाउने अधिकार थिएन । मधेशवादी दलको देन, विभिन्न समिति, प्रतिनिधि सभा र प्रदेश सभामा मधेशी दलको क्रियाशिलताका कारण मधेशीले आफ्नो पहिचान पाएको छ । प्रदेश नम्बर २ को नाम मधेशबाट राखिएको छ । मधेश सरकार बनेको छ ।

मधेश आन्दोलनताका मधेशका विभिन्न कार्यालयहरुमा आन्दोलनकारीले नेपाल सरकार मेटाएर मधेश सरकार लेखेका थिए आज ती सपना पुरा भएको छ । अहिले मधेशका विभिन्न कार्यालयहरुमा मधेश सरकार लेखिन थालेका छन् । त्यो हेर्दा हामीलाई गर्व लाग्छ । यी सबै मधेशी दल, मधेशी नेताहरुको देन हो । मधेशी जनताको देन हो । आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, आरक्षणको व्यवस्था गरिएको छ । यहाँसम्म कि २०७२ मा जारी गरिएका संविधानमा विभिन्न ठाउँमा मधेश शब्दको उच्चारण गरिएको छ । राष्ट्रले मात्र होइन, अन्तरराष्ट्रिय जगतले पनि मधेशलाई स्विकार गरिसकेको छ । ती सबै मधेशवादी दल र त्यसका नेताहरुकै योगदानका कारणले भएको हो । अपेक्षा यो भन्दा बढी थियो होला कि ती पुरा नभएको होला तर मधेशवादी दल र त्यसका नेताहरुले दिएको योगदानलाई अहिले नै नजरअन्दाज गर्न मिल्दैन ।

म ३३३४ वर्षदेखि यही राजनीतिमा छु । एकदिन यस्तो समय थियो कि मधेशी भएर पनि यो राज्यमा बाँच्न पाउने अधिकार थिएन । मधेशवादी दलको देन, विभिन्न समिति, प्रतिनिधि सभा र प्रदेश सभामा मधेशी दलको क्रियाशिलताका कारण मधेशीले आफ्नो पहिचान पाएको छ ।

content left

कुरा जे जस्तो भएपनि सप्तरी २ मा उपेन्द्र यादवलाई हराउनका लागि विदेशी शक्तिहरु पनि लागेका थिए भनि त्यसको व्यापक चर्चा भए, यसमा तपाईको भनाई के छ ?

–त्यस्तो लाग्दा पनि लाग्दैन । त्यहाँका जनताको स्वविवेक छन् । कुनै परतन्त्रले, कुनै छिमेकीले यी सब गराइ दिएको भने होइन । जनताको स्वविवेकीले यी भएका हुन् । जनताले स्वविवेक प्रयोग गरेर यो निर्णय गरे, निष्पक्ष ढंगबाट निर्णय गरे जसलाई हामीले स्विकार पनि गरिसकेका छौं । कसैको हात वा कुनै शक्ति केन्द्रले होइन त्यहाँका जनताले विकल्प खोजेका हुन् । विकल्पमा सिके राउतलाई रोजेका हुन् । अरु केही कारण छैन ।

तपाईले पत्रकार सम्मेलन गरेर नै विभिन्न देशी विदेशी शक्तिहरु सप्तरीमा आएर बसेका छन् भन्नुभएको थियो होइन ?

–कुनै एउटा संस्थाले धार्मिक सदभावलाई बिथोल्ने गरि एउटा प्रचार गरिएका थियो । त्यही सन्दर्भमा मैले पत्रकार सम्मेलनको आयोजना गरेको थिए । सिके राउतले पनि एउटा भिडियो बनाएर, प्रहरी र जसपाको साँठ गाँठ छ रे । प्रहरीसँगको मिलोमतोमा पैसा बाँडि रहेका छन् रे जस्ता भ्रामक सामाग्रीहरु पोष्ट गरेर त्यसको बारेमा भ्रम फैलाउने काम गर्नुभएको थियो ।

एउटा संस्थाले जुन पर्चा बाँडेको थियो त्यो सबैले देखेका थिए । हाम्रा नेताहरुलाई मुस्लिम भनेर, चिनियाँ एजेण्ट भनेर भ्रामक काम गरेको थियो । जुन मिथ्या हो, गलत हो, हाम्रो पार्टी विरुद्धको षड्यन्त्र हो भन्नका लागि हामीले पत्रकार सम्मेलनको आयोजना गरेका थियौं । त्यसका लागि कुनै देशी वा विदेशी शक्ति लागेका होला त्यो भन्न सक्दिन तर चुनावको मुखमा त्यो क्षेत्रमा जुन हर्कतहरु भए त्यसको खण्डनका लागि हामीले पत्रकार सम्मेलनको आयोजना गरेका थियौं । जनतामा छरिएको भ्रमलाई हामीले चिर्ने काम गर्यौं । जनतालाई हामीले यथार्थ कुराको जानकारी गराएका थियौं ।

यो चुनाव जसपाका लागि एउटा ठूलो पाठ हो, यो पाठबाट अब जसपा कसरी अगाडि बढ्छ ?

ठूला दल (काँग्रेस, एमाले, माओवादी)का मधेशी नेताहरु जसले मधेशी नेताले ल्याएको समावेशी समानुपातिक, राज्यपुन संरचनाको एजेण्डालाई विरोध गरेका हुन्छन् तर आआफ्नो दलमा आफ्नो उपस्थिति देखाउनका लागि त्यही समावेशी समानुपातिकलाई आधार मानेका हुन्छन् ।

–सधै सबै कुरा, सबै शक्ति एउटै पार्टीको रहि रहन्छ भने होइन । अगामी पाँच वर्ष हेर्दा हेर्दै बित्छ । पाँच वर्षमा हामीले गरेको गल्ती कमि कमजोरीहरुको समिक्षा गर्छौ । हामीबाट कहाँ मिस्टेक भयो, कहाँ त्रुटी भयो भन्ने कुराको विश्लेषण गर्छौ । त्यो समिक्षा र विश्लेषणको आधारमा हामीले आफ्नो अगामी यात्रा तय गर्नेछौं । अगामी दिनमा हामी झन खरो तरिकाले अगाडि बढ्छौं र संगठनलाई झन बलियो बनाउनेछौं ।

तपाईहरुकै सहकर्मी दल लोसपा राष्ट्रिय दल बन्नबाट बन्चित भएको छ । तपाईकै जसपाको साइज घटेको छ । यस्तो किन भयो पक्कै पनि कही नकही त्रुटी भएको हो भनि जस्तो लाग्दैन तपाईलाई ?

–को बलियो, को कमजोर त्यसको परीक्षा पाँच वर्षको अवधिमा हुन्छ र त्यसको परिणाम आइ नै हाल्छन् । उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम पनि यस्तै लहरका कारण ठूलो र बलियो भएको शक्ति हो । गजेन्द्रनारायण सिंह पनि नेपाल सद्भावना पार्टी गठन गरेर एउटा ठूलो शक्ति निर्माण गर्नुभएको थियो । यी शक्ति अझै कायम छन् । अझै पनि मधेशी जनतालाई जनजागृत गरिरहेका छन् ।

ठूला दल (काँग्रेस, एमाले, माओवादी)का मधेशी नेताहरु जसले मधेशी नेताले ल्याएको समावेशी समानुपातिक, राज्यपुन संरचनाको एजेण्डालाई विरोध गरेका हुन्छन् तर आआफ्नो दलमा आफ्नो उपस्थिति देखाउनका लागि त्यही समावेशी समानुपातिकलाई आधार मानेका हुन्छन् । ठूला भनाउँदा दलहरुमा मधेशी नेताहरुले पनि आरक्षणको नाममा, समावेशीको नाममा ठाउँ पाउनु भनेको मधेशी दलकै योगदान हो । काँग्रेसबाट डा.रामवरण यादव गणतन्त्रको पहिलो राष्ट्रपति बन्नुमा मधेशी शक्तिको देन हो ।

विमलेन्द्र निधि, रघुवीर महासेठ, मातृका यादवलगायत थुप्रै मधेशी नेताहरुले आआफ्नो दलमा जुन स्पेश पाइरहनु भएको छ त्यो मधेश आन्दोलनकै देन हो । त्यसैलै कुन दल बलियो, कुन दल कमजोर भए भन्दा पनि त्यसको योगदानको आाधारमा मूल्यांकन गर्नुपर्छ । होला काम गर्ने क्रममा हामीबाट पनि त्रुटी भएको होला, त्यसलाई हामीले नकार्न सक्दैनौ तर हाम्रो पार्टीको योगदान र संघर्षलाई अवमूल्यन कदापी गर्न मिल्दैन । मधेशवादी दल विभक्त छन् । त्यो विभक्तताले साँच्चै अलिकति कमजोर देखिएका छन् । तर मधेश आन्दोलन, मधेशवाद झन सशक्त भएर अगाडि बढेको छ ।

अहिले संसदमा जुनखाले व्यक्ति र पार्टी चुनिएर आइरहेका छन्, त्यसमाथि अहिले अनेक शंकाहरु भइरहेका छन् । यी दल र व्यक्तिका कारण देशको संघीय प्रणालीमा नै असर गर्छ, संसद र सरकारलाई पनि राम्रोसँग चल्न दिँदैन जस्तो टिप्पणीहरु भइरहेका छन्, तपाईलाई कस्तो लाग्छ ?

त्यसैलै कुन दल बलियो, कुन दल कमजोर भए भन्दा पनि त्यसको योगदानको आाधारमा मूल्यांकन गर्नुपर्छ । होला काम गर्ने क्रममा हामीबाट पनि त्रुटी भएको होला, त्यसलाई हामीले नकार्न सक्दैनौ तर हाम्रो पार्टीको योगदान र संघर्षलाई अवमूल्यन कदापी गर्न मिल्दैन ।

–यी शंकाहरुलाई अस्विकार गर्न सकिदैन । साँच्चै कतिपय दलहरु गठन हुने वित्तिकै शक्तिको रुपमा अगाडि देखिएका छन् । ती दल र व्यक्तिमाथि विभिन्न शंका जन्माएको छ । विभिन्न शक्तिहरुसँग साँठगाँठ देखिएको छ । यस्तो अवस्थमा भोली यो संघीयता रही रहन्छ भनि त्यसको ग्यारेन्टी छैन । काठमाडौँमा बस्ने कतिपय ठूला ठालूहरुलाई यो संघीय व्यवस्था मन परेका छैनन् । केही दल तथा व्यक्तिले खुलेरै भन्छन्, संघीयता र गणतन्त्र चाहिदैन । कुनै दलले संघीयता र गणतन्त्रलाई रुचाएको छ भने त्यो सरकार तथा संसदमा जानका लागि मात्र हो । त्यसको प्राथमिकतामा कहिले संघीयता र गणतन्त्र रहेन । हामी संघीयतावादीका लागि भोलीका दिन साँच्चै चुनौतीपूर्ण हुनेछ ।

यस्तो मत त जनताले नै जाहेर गरेको हो नि यसको मतलब जनताले नै संघीयता र गणतन्त्रको विकल्प खोजेको हो त ?

–जनता कदापी दोषी होइन । यद्यपी जनताले एउटा नौलोपाना खोजेको अवश्य हो । रामले गर्न नसकेको काम श्यामले गरिहाल्छन् कि भन्ने सोचका साथ जनताले मत हालेका हुन् तर श्यामले भोली गएर गलत काम गर्छन् भने त्यसको दोषी जनता हुनसक्दैन । जस्तै, हाम्रै क्षेत्रका सिके राउतले १० लाखलाई रोजगारी दिन्छु भनेर संसद बन्नुभएको छ ।

मधेश नेपालमै रहने कि अलग हुने त्यसका लागि जनमत गराउने भनेर संसद बन्नु भएको छ । भोलीको दिनमा ती वाचाहरु कसरी पूरा गर्छन् त्यो हेर्न बाँकी नै छ । त्यस्तै, रवी लामेछानेले प्रदेशमा आफ्नो दलबाट उम्मेदवारी दिन लगाउनु भएन, उहाँले पनि जनतासँग पपुलर प्रतिवद्धताहरु गरेर आउनु भएको छ । ती प्रतिद्धता कसरी पुरा हुन्छ त्यो हेर्न बाँकी नै छ । यद्यपी जनताले संघीयता र गणतन्त्रको विकल्प पक्कै पनि खोजेको छैन । यदि जनताबाट भूलवश कुनै त्रुटी भएको पनि छ भने पाँच वर्षपछि पक्कै पनि त्यसलाई सच्याउनेछ ।  तर आएका नव नेता तथा दलहरुबाट हुने हर्कतप्रति चिन्ता अवश्य बढाएको छ ।

 

सम्बन्धित खबर

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

Aadarsh Daily

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

Aadarsh Daily