Aadarsh-Daily

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

ad-4p

वीरगञ्ज १७ मंसिर । जन्ती लिएर हिडेको एउट जिप धनुषामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

content ad p2

इटहरीबाट जन्ती बोकर महोत्तरीको पिपरा तर्फ र्फकदै गरेको बा १ ज ८२९३ नम्बरको जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको थियो ।

content left

दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा आज बिहान साढे ४ बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको छ । जसमा दुईजनाको सनाखत भएको र अन्यको सनाखत हुन बाकी रहेको प्रहरी उपरिक्षक रजौरेले बताए । घटनामा महोत्तरी पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार र धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साहको सनाखत भएको छ ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily