Aadarsh-Daily

 महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्या भएका महिलाहरुका लागि प्याजले गर्छ औषधीकाे काम !

ad-4p

काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ । तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सर देखि मधुमेह सम्मको रोगसँग लड्न मद्धत पुग्छ । चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ । साथै मधुमेहरोगीले दिनहुँ प्याज सेवन गर्दा फाइदा हुन्छ ।

content ad p2

यसको नियमित सेवनले शरीरमाभएको बढि क्यालोरीलाई नियन्त्रण गर्नका साथै कार्बोहाइड्रेटलाई पचाउन सहयोग गर्छ । जानकारहरुका अनुसार रगतको कमी भएकालाई प्याजले लाभ पु- याउँछ भने प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ । त्यस्तै तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी मानिन्छ । प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ ।प्याज खाँदा कब्जियतको समस्याबाट छुटकारा पाइन्छ । म-हि-नावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ ।

आँखाका लागि पनि प्याज लाभदायक मानिन्छ । यो पनि,अर्गानिक खाना अर्थात कागुनोका यस्ता छन् चमत्कारिक औषधीय गुण ! विश्‍वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो (Foxtail millet: Setaria italica (L.) Beauv) पनि एक हो। नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ।

content left

फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ। नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, बाजुरा र बझाङ जिल्लाहरूका असिञ्‍चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ। नेपालमा कागुनोको औसत उत्पादन ८१५ के जी प्रति हेक्टर छ। पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलाई श्रेष्ठतर मानिन्छ। कागुनो प्रायस् फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो ।

यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । विशेषताकागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ । रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ ।

यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।चिनोकागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ । नेपालमा हालसम्म कागुनो बालीको खासै अनुसन्धान नभएकाले कुनै पनि उन्नत जातहरू सिफारिस गरिएका छैनन् ।

नेपालमा खेती गरिने कागुनोका स्थानीय जातहरू कालो कागुनो, सेतो कागुनो, रातो कागुनो,पहेंलो कागुनो, खैरो कागुनो, सानो कागुनो, ठूलो कागुनो आदि नामले चिनिन्छन् । जीनबैंकमा संरक्षित बिभिन्न जिल्लाका ३० किसिमका कागुनोका नमूनाहरू अनुसन्धान गर्दा पाक्ने अवधि, बोटको उचाइ, बालाको साइज,पात र दानाको रङ, झुस र टुँडोका आधारमा विविधता पाइन्छ ।

 

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily