Aadarsh-Daily

प्रत्यक्ष तर्फको मतगणना सम्पन्न, कांग्रेस पहिलो र एमाले दोस्रो दल

ad-4p

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ वीरगञ्ज, १९ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।

content ad p2

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

वीरगञ्ज, १९ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको छ ।

content left

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । प्रदेश सभा २ मा एमालेका भरतबहादुर

केसी निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र  ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । प्रत्यक्षतर्फबाट संसदमा १२ दलको प्रतिनिधित्व हुनेभए पनि थ्रेसहोल्डका कारण ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily