Aadarsh-Daily

प्रत्यक्ष तर्फको मतगणना सम्पन्न, कांग्रेस पहिलो र एमाले दोस्रो दल

ad-4p

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ वीरगञ्ज, १९ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।

content ad p2

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

वीरगञ्ज, १९ मंसिर । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको सबै मत परिणाम आएको छ ।

content left

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् ।

कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेका छन् । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । प्रदेश सभा २ मा एमालेका भरतबहादुर

केसी निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र  ५ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । प्रत्यक्षतर्फबाट संसदमा १२ दलको प्रतिनिधित्व हुनेभए पनि थ्रेसहोल्डका कारण ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily