Aadarsh-Daily

मंसिर २८ गते सर्राफको श्रद्धाञ्जली सभा र पुस १ गते सधारण सभा गर्ने निर्णय।

ad-4p
content left

बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यसमिति सदस्य एवं कृयाशील युवा पत्रकार स्वं नरेश सर्राफको चिर आत्माको शान्तिको लागि शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार पत्रकार महासंघको भवनमा सम्पन शाखाको बैठकले स्वं सर्राफको १३ औ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा आयोजन गर्ने निर्णय पनि गरेको महासंघ पर्साका सचिव भूषण यादवले बताए । मंसिर २८ गते बुधबार श्रद्धाञ्जली सभाको आयोजन हुने छ । यस्तै बैठकले शाखाको बार्षिक साधारण सभा पुस १ गते गर्ने निर्णय गरेको छ । प्रदेश र केन्द्रको सधारण सभा भन्दा अगाडि नै जिल्लाको सधारण सभा गर्नु पर्ने केन्द्रीय परिपत्रको आधारमा पर्सा शाखाको सधारण सभा पुस 1 गते शुक्रबार गरिने निर्णय भएको सचिव यादवले बताए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बैठक सम्पन भएको थियो । सधारण सभाको आवश्यक व्यवस्थापनको लागि अध्यक्ष तिवारी ,सचिव भूषण यादव र कोषाध्यक्ष संजिव मिश्रालाई जिम्मेवारी दिईएको छ ।

content ad p2

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily