Aadarsh-Daily

मंसिर २८ गते सर्राफको श्रद्धाञ्जली सभा र पुस १ गते सधारण सभा गर्ने निर्णय।

ad-4p
content left

बिरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले कार्यसमिति सदस्य एवं कृयाशील युवा पत्रकार स्वं नरेश सर्राफको चिर आत्माको शान्तिको लागि शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । सोमबार पत्रकार महासंघको भवनमा सम्पन शाखाको बैठकले स्वं सर्राफको १३ औ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा आयोजन गर्ने निर्णय पनि गरेको महासंघ पर्साका सचिव भूषण यादवले बताए । मंसिर २८ गते बुधबार श्रद्धाञ्जली सभाको आयोजन हुने छ । यस्तै बैठकले शाखाको बार्षिक साधारण सभा पुस १ गते गर्ने निर्णय गरेको छ । प्रदेश र केन्द्रको सधारण सभा भन्दा अगाडि नै जिल्लाको सधारण सभा गर्नु पर्ने केन्द्रीय परिपत्रको आधारमा पर्सा शाखाको सधारण सभा पुस 1 गते शुक्रबार गरिने निर्णय भएको सचिव यादवले बताए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बैठक सम्पन भएको थियो । सधारण सभाको आवश्यक व्यवस्थापनको लागि अध्यक्ष तिवारी ,सचिव भूषण यादव र कोषाध्यक्ष संजिव मिश्रालाई जिम्मेवारी दिईएको छ ।

content ad p2

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily