Aadarsh-Daily

जसपा अध्यक्ष यादव र बरिष्ठ नेता राईबिचको सम्बन्धमा खटपट, पार्टी विभाजनको संघारमा

ad-4p

वीरगञ्ज, २० मंसिर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईबीचको सम्बन्धमा खटपट आएको छ ।

content ad p2
content left

मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेको जसपाले अब सहकार्य अघि बढाउने कि तोड्ने भन्ने विषयले दुई नेताको सम्बन्ध चिसिएको हो । यादवले सोमबार विराटनगरबाट काठमाडौं आउने क्रममा एमालेसँगको सहकार्यको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका थिए ।

यादवको अभिव्यक्तिले अब जसपा सरकार गठनमा सत्ता गठबन्धनसँग नजिकिएको रुपमा बुझिएको छ । यादव आँफै सप्तरीबाट चुनावमा पराजित भए । यादवको बुझाईमा एमाले–जसपा सहकार्यमा एमालेलाई नै बढि लाभ भएको छ । उनले आफूहरुको सहकार्य चुनावी प्रयोजनको लागि मात्रै भएकोले अब चुनाव सकिएपछि सहकार्यको औचित्य समाप्त भएको बताउन थालेका छन् ।तर, वरिष्ठ नेता राई भने एमालेसँग नै मिलेर अघि बढ्नुपर्ने पक्षमा छन् । कतिपयले यादव र राईको विवादले जसपा नै विभाजन हुने त होईन ? भनेर प्रश्न उठाएका छन् । जसपामा अहिले निर्वाचित सांसदहरुमध्ये अधिकांश सांसद अध्यक्ष यादवसँग रुष्ट छन् । उनीहरुले वरिष्ठ नेता राईलाई नै साथ दिने बुझिएको छ ।

सम्बन्धित खबर

सर्वोच्च फैसलापछि कांग्रेसलाई एकताबद्ध बनाउन थापाको आह्वान

Aadarsh Daily

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily