Aadarsh-Daily

पत्रकार सर्राफको श्रद्धाञ्जली सभा : सत्यको पक्षमा कलम चलाउने पत्रकार गुमाएको भन्दै दुःख व्यक्त

ad-4p

वीरगञ्ज, २२ मंसिर ।  हृदयघातका कारण अल्पायुमै निधन भएका पर्साका सक्रिय पत्रकार स्वर्गीय नरेश सर्राफ कहिले पनि बिर्सिन नसक्ने व्यक्ति रहेको वक्ताहरुले बताएका छन् । क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले स्व. सर्राफको सम्झनामा बिहिवार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने वक्ताहरुले सर्राफको व्यक्तित्वको बारेमा चर्चा गर्दै पर्सा जिल्लाको पत्रकारितामा उनको छुट्टै योगदान रहेका बताएका थिए ।

content ad p2

मञ्चका अध्यक्ष प्रणय कुमारको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले स्वर्गीय सर्राफको सद्गुण, स्वभाव र आचरणलाई अनुकरण गर्नुपर्नेमा जोड दिएका छन् । निष्ठाको पत्रकारिता गर्ने सर्राफ व्यवसायिक पत्रकार भएको बताउँदै उनले भने, “उनी एक असल पत्रकार थिए, असल मान्छे कसैको हुँदैन, सबैको हुन्छ । अब हामीले पनि व्यवसायिक पत्रकारिता गरेर समाजलाई सकारात्मक बाटोतर्फ डो¥याउने काम गरेपछि मात्रै उनको आत्माले पनि शान्ति पाउनेछ ।”

मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष एवम् पत्रकार महासंघ सप्तरीका संस्थापक सभापति शिवहरी प्रसाद भट्टराईप्रति पनि श्रद्धाञ्जली अर्पण गर्दै यही समयमा २ जना पत्रकारको निधनले पत्रकारिता जगत स्तब्ध भएको पनि बन्जाराले बताए ।

content left

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पनि उनको निधनले पर्साको पत्रकारीता क्षेत्रमा अपुर्णिय क्षती भएको बताए । सर्राफ जस्तो निष्ठावान र ईमान्दार पत्रकार गुमाउनु अत्यन्तै दुखद विषय भएको बताउँदै उनले सर्राफजस्तै मृत्युपर्यन्त पनि सम्झिने खालको पत्रकारिता गर्न अरुलाई पनि आग्रह गरेका छन् ।

आँखामा राख्दा पनि नबिझाउने किसिमको स्वर्गीय सर्राफको स्वभाव अनुकरण एवम् अनुसरण गर्ने खालको भएको अध्यक्ष तिवारीले बताए । सत्यको पक्षमा कलम चलाउने व्यक्ति गुमाएकोमा उनले दुःख व्यक्त गरेका छन्

वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारीले पनि उनको योगदानको स्मरण गरे । सर्राफको निधन अविश्वसनीय र अकल्पनीय भएपनि मृत्यु ध्रुबसत्य कुरा भएको उनको भनाई छ । तर अल्पायुमै उनको निधनले सबैलाई दुखित तुल्याएको पनि उनले बताए ।
समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले सर्राफको आत्माको चिर शान्तिका लागि उनले देखेका सपनाहरु पर्सेली पत्रकारिता जगतले पुरा गर्नु पर्ने बताए ।
प्रेस चौतारी पर्साका सह–संयोजक तुलसी भण्डारीले स्व.पत्रकार सर्राफले देखाएको बाटोमा हिडन सके मात्र उनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताए । श्रद्धाञ्जली सभामा सहभागी पत्रकार तथा विभिन्न संघसंस्थका प्रतिनिधिहरुले स्वर्गीय सर्राफको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सहजीकरण क्रियाशील युवा पत्रकार मञ्चका आंनद पटेलले गरेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको मंसिर १५ गते निधन भएको थियो ।

 

 

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily