Aadarsh-Daily

बहुदरमाई नगर स्तरीय पूर्ण खोप तथा दिगोपना समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न।

ad-4p
content left

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा पालिका स्तरीय पूर्ण खोप तथा दिगोपना समीक्षा गोष्ठी कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पर्सा मधेश प्रदेशको आयोजनामा तथा नगरप्रमुख सिगांसन साहको प्रमुख आतिथ्यमा १२ महिना देखि २३ महिना सम्मका सम्पूर्ण बच्चाहरुको लागि सम्पूर्ण खोप पाईसकेको अवस्थामा पालिका स्तरीय पूर्ण खोप तथा दिगोपना समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पर्सा शाखाका खोप शाखा प्रमुख भागीरथ चौधरी तथा बहुदरमाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र साहले नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीका प्रमुखहरुलाई पूर्ण खोप तथा दिगोपना गोष्ठी समीक्षाको बारेमा प्रशिक्षण दिनु भएको थियो । बहुदरमाई नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीले १२ महिना देखि २३ महिना सम्म सम्पूर्ण बच्चाहरुलाई पूर्ण खोप पुरा भएको हुनाले पालिका स्तरीय पूर्ण खोप तथा दिगोपना गोष्ठी समीक्षा कार्यक्रम सम्पन्न भएको बताईएको छ । कार्यक्रममा बहुदरमाई नगरपालिकाका उप-प्रमुख सुस्मा कुशवाहा , नि.प्रशासकिय प्रमुख बिदुर प्र.उप्रेती , स्वास्थ्य चौकी बैरियबिर्ताका स्वास्थ्य प्रमुख हरेराम साह, स्वास्थ्य चौकी नगरदाहाका स्वास्थ्य प्रमुख प्रियांका यादव, बिरेन्द्र यादव, प्रमोद पटेल ,बहुदरमाई नगरपालिकाका वडाध्यक्ष बिरेन्द्र यादव,पुन्नीलाल साह,रबी गुप्ता, जितेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily