Aadarsh-Daily

यसवर्षको मानवअधिकार पुरस्कार मानवसेवा आश्रमलाई

ad-4p

वीरगञ्ज, २४ मंसिर । सरकारले यसवर्षको मानवअधिकार पुरस्कार संस्थातर्फ मानवसेवा आश्रमलाई प्रदान  गर्ने निर्णय गरेको छ ।

content ad p2

सरकारले मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार तथा अक्षयकोष स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्वर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई पुरस्कार दिँदै अएको छ ।

content left

यसवर्ष व्यक्तितर्फ प्रा.डा. कपिलमान श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

मानवसेवा आश्रमले सडकपेटी तथा अन्य सार्वजनिक स्थलहरुमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसे रुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायतका कार्य गरी मानव अधिकारको संरक्षणमा पुर्‍याएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै ८ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनीहरुका परिवारमा पुनर्मिलन समेत गराइसकेको छ । हाल काठमाडौँलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयहरुबाट आश्रमले देशभर भेटिएका सडकआश्रित मानवहरुको उद्धार गरी संरक्षण, उपचार तथा मनोविमर्श सेवा दिएर निको बनाइ परिवारमा पुनमिलन समेत गराउँदै आएको छ । आश्रममा अहिले पनि एक हजार ६०० व्यक्तिहरु आश्रित रहेको केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

आश्रमले २०८२ सालसम्म मुलुकका सडकपेटीमा बेसहारा तथा वेवारिसे व्यक्तिहरु नरहने अवस्था निर्माण गर्न लक्ष्यका साथ काम गरिरहेको छ ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily