
वीरगञ्ज, २४ मंसिर । समानुपातिक सांसदको नाम टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पनि बस्दै छ।

समानुपातिक बन्दसूचीका विषयमा सरोकारवाला र कानुनविद्सँग छलफल गरेर टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ। यसअघि शुक्रबार पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।
उक्त बैठकले अन्तिम सूची टुंग्याउन सकेको थिएन। माओवादीले संघमा १४ र प्रदेशमा २९ सिट पाएको छ। समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ।

