Aadarsh-Daily

स्वर्गीय सर्राफको परिवारलाई वीरगञ्ज महानगरले ५ लाख आर्थिक सहयोग गर्ने

ad-4p

वीरगञ्ज, २५ मंसिर । वीरगञ्जका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

content ad p2
content left

सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगञ्ज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

सर्राफको निधनले पर्सेली पत्रकारिता क्षेत्रमा क्षति भएको बताउँदै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily