Aadarsh-Daily

विश्वकपमा आज २ क्वाटरफाइनल : पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्स भिड्दै

ad-4p

वीरगन्ज, २४ मंसिर : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज शनिबार अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ ।

content ad p2

पहिलो खेल पोर्चुगल र मोरक्कोबीच हुनेछ । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा अल बायत स्टेडियममा हुनेछ । यी दुई बिचको खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले स्तब्ध पारेको थियो । मोरक्कोले जारी विश्वकपमा जम्मा एक गोल मात्र बेहोरेको छ ।पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन । तर पोर्चुगललाई पनि आउटसाइडर दाबेदारको रुपमा भने हेरिने गरेको छ ।

पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै घर फर्किएको थियो ।

यस पटक २००६ को प्रदर्शन दोहो¥याउने लक्ष्यमा पोर्चुगल छ । पोर्चुगल अहिलेसम्म दुई पटक विश्वकपको सेमिफाइनल पुगेको छ जसमा सन् १९६६ मा तेस्रो हुनु अहिलेसम्मको उत्कृष्ट नतिजा हो ।

content left

यस पटक पोर्चुगलको प्रदर्शनमा उतारचढाव देखिएको छ । समूह चरणको सुरुआती दुई खेल जितेर नकआउट चरणमा स्थान पक्का गरेको पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको थियो ।

घानालाई ३–२ र उरुग्वेलाई २–० ले पराजित गरेको पोर्चुगल दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो ।तर अन्तिम १६ मा स्वीजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले हराउँदै पोर्चुगलले आफ्नो क्षमता देखाइसकेको छ ।
१६ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको पोर्चुगलको भेट पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको मोरक्कोसँग हुनेछ ।

इंग्ल्याण्ड भर्सेस फ्रान्स

जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन ।

इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ ।

अन्तिम १६ सम्म अपराजित इंग्ल्याण्डले त्यही लयलाई निरन्तरा दिँदै फ्रान्सलाई चुनौती दिने लक्ष्यमा छ ।समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

पहिलो खेलमा इरानलाई ६–२ ले हराएको इंग्ल्याण्ड दोस्रो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो । तर तेस्रो खेलमा छिमेकी वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड समूह विजेता बन्यो ।अन्तिम १६ मा सेनेगललाई ३–० ले हराएर इंग्ल्याण्डले विपक्षीलाई सजग गराएको छ ।

साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।अन्तिम १६ मा पोल्याण्डलाई ३–१ ले हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ । साभार : अनलाइनखबर

 

 

सम्बन्धित खबर

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily

यूएईले एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट फाइनलमा नेपाललाई १४८ रनको लक्ष्य दियो

Aadarsh Daily

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे तेस्राे जीत

Aadarsh Daily