Aadarsh-Daily

वीरगञ्जका पुष्प राज यादवसहित बीकेएसपी कपमा भाग लिन नेपाली एथलेटिक्स टिम बंगलादेश प्रस्थान

ad-4p

वीरगञ्ज, २५ मंसिर । बंगलादेशमा हुने पाँचौ अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसीपमा भाग लिन यू-१७ का नेपाली टोली ढाका प्रस्थान गरेका छन् ।

content ad p2
content left

मंसिर २७ गतेबाट २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन नेपालका ४ पुरुष र ३ महिला खेलाडी र ४ जना अफिसियल एवं प्रशिक्षकसहित ११ जनाको टिम आइतबार ढाका प्रस्थान गरेका हुन् ।

नेपालबाट पुरुषतर्फ मधेश प्रदेशबाट एक्लै वीरगञ्जको प्रतिनिधित्व गर्दै पुष्प राज यादवले १०० मिटर, २०० मिटरदैडमा, ऋषि बहादुर कुमालले १०० मिटर दौड, सनिल गोर्खाली २०० मिटर दौड र ट्रिपलजम्पमा, विश्वराम कुँवरले ८०० र १५०० मिटर दौडमा भाग लिनेछन भने महिलातर्फबाट काथ्रिन बासुकलाले ८०० र १५०० मिटर दौड,ब्रिटिशा सिल्पकारले १०० र २०० मिटर दौडमा सिमा श्रेष्ठले १०० मिटर दौड र हाईजम्पमा सहभागिता जनाउने छन् ।यस्तै पुरुष ४ गुणा १०० मिटर रिले दौडमा नेपालबाट सहभागिता रहनेछ ।

प्रतियोगितामा भाग लिने नेपाली एथलेटिक्स टिमलाई एथलेटिक्स परिवार, नेपालका मानार्थ सदस्य मुकुन्दहरी श्रेष्ठ, बुद्धबीर लामा, सल्लाहकार सुशिल नरसिह राणा, बाबु कृष्ण महर्जन, अध्यक्ष राजन खत्री, उपाध्यक्ष रमेश शाक्य, सदस्य रामकृष्ण महर्जन, सरस्वती खड्का एन आर एन ए का स्वयम्भु राज डंगोल, राजु सिह, पुर्व खेलाडी रेशम कुमाल, पुष्पलाल श्रेष्ठ रमेश जैशी लगायतले सफलताको कामना सहित शुभकामना व्यक्त गर्दै बिदाई गरे ।उक्त टोलीको टोली नेतामा सिद्धान्त अधिकारी, अफिसियलमा सुषमा पाण्डे, बिना श्रेष्ठ र प्रशिक्षकमा आशाराम गोठे रहेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily