Aadarsh-Daily

परिवर्तनका लागि राजनीतिक समूहले नारायणी अस्पताल पुगेर गरायो ध्यानाकर्षण

ad-4p

वीरगञ्ज, २६ मंसिर । परिवर्तनको लागि राजनीतिक समूहले सोमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको छ ।

content ad p2
content left

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समूहले सोमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भोग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गराएको हो ।

अस्पतालमा डाक्टरहरु समयमा नअआउने, ल्याब पूर्णरुपले सञ्चालन नहुने, अस्पतालमा सरसफाइमा लापरवाही हुनेलगायतका समस्या बारे ध्यानाकर्षण गराइएको समूहका सदस्य मुकेश द्विवेदीले बताए । परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोले नारायणी अस्पतालको सम्पूर्ण बेतिथीलाई सम्बन्धित निकायसम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि द्विवेदीले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको उनले जानकारी दिए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समूहका सलाउदिन अहमद, मुकेश द्विबेदी, तनवीर अन्सारी, शेख मुन्ना, सुजित गिरि, श्याम गुप्ता, सन्दीप साह, उमाशंकर गुप्ता, नन्दलाल रौनियारलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily