Aadarsh-Daily

परिवर्तनका लागि राजनीतिक समूहले नारायणी अस्पताल पुगेर गरायो ध्यानाकर्षण

ad-4p

वीरगञ्ज, २६ मंसिर । परिवर्तनको लागि राजनीतिक समूहले सोमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको छ ।

content ad p2
content left

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समूहले सोमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भोग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गराएको हो ।

अस्पतालमा डाक्टरहरु समयमा नअआउने, ल्याब पूर्णरुपले सञ्चालन नहुने, अस्पतालमा सरसफाइमा लापरवाही हुनेलगायतका समस्या बारे ध्यानाकर्षण गराइएको समूहका सदस्य मुकेश द्विवेदीले बताए । परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोले नारायणी अस्पतालको सम्पूर्ण बेतिथीलाई सम्बन्धित निकायसम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि द्विवेदीले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको उनले जानकारी दिए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समूहका सलाउदिन अहमद, मुकेश द्विबेदी, तनवीर अन्सारी, शेख मुन्ना, सुजित गिरि, श्याम गुप्ता, सन्दीप साह, उमाशंकर गुप्ता, नन्दलाल रौनियारलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily