Aadarsh-Daily

सवारी दुर्घटनामा परेर पर्सामा प्रहरी इन्स्पेक्टरसहित २ जना घाइते

ad-4p

वीरगञ्ज, २७ मंसिर । सवारी दुर्घटनामा परेर पर्सामा दुईजना प्रहरी घाइते भएका छन् । सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुईजना घाइते भएका हुन् ।

content ad p2
content left

विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई छल्ने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते रहेका छन् ।
सामान्य चोटपटक लागेका उनीहरुको हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।गाडीमा सवार अन्य प्रहरी कर्मचारीलाई खासै चोटपटक नलागेको उनले बताए ।

डिएसपी बुढाथोकीका अनुसार ठोरीबाट बैठकका लागि जिल्ला प्रहरी कार्यालय आउने क्रममा वीरगञ्ज–ठोरी सकडखण्डअन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो ।
गम्भीर चोटपटक लागेको छैन । सामान्य उपचार पश्चात उहाँहरु डिस्चार्ज हुने क्रममा हुनुहुन्छ,’ डिएसपी बुढाथोकीले भने ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily