Aadarsh-Daily

मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटायो

ad-4p

वीरगञ्ज, २७ मंसिर । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

content ad p2

आयोगको मसिंर २० गते बसेको बैठकले नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताए ।

content left

मधेशी आयोगले गरेको निर्णय कार्यान्वयनको लागि आयोगकी उपसचिव सबिता डङ्गोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पनि पठाएकी छन् ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र मधेशी समुदायसँग नमिल्ने भएकोले मधेशी क्लस्टरमा आफूहरूलाई नराख्न मधेशी आयोगमा उजुरी दिएका थिए  ।

आयोगका अध्यक्ष डा. दत्तका अनुसार उक्त उजुरीमाथि आयोगले निर्णय लिँदै थारु र मुस्लिमलाई मधेशीबाट हटाउने निर्णय गरेको हो । मधेशी आयोगले २०७८-७९ को वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जातलाई मधेशीको रूपमा सिफारिस गरेको थियो  ।

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily