Aadarsh-Daily

प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने

ad-4p

वीरगञ्ज २८ मंसिर । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका प्रभु साह र अमरेशकुमार सिंहले नयाँ पार्टी खोल्ने भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएपछि उनीहरुले नयाँ पार्टी खोल्ने तयारी गरेको हो ।

content ad p2
content left

नयाँ पार्टी निर्माणको लागि अहिले सिंहले पहल गरिरहेका छन् । सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै आफूहरु नयाँ पार्टी खोल्ने विषयमा सहमत भएको बताएका छन् । तर, पार्टीको नाम लगायत अन्य विषयमा भने कुनै छलफल नभएको सिंहले बताए ।

रौतहट-३ बाट निर्वाचित साह र सर्लाही-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुवै जनाले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।
एमाले निकट हापेर साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने सिंहले कांग्रेसले निकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरु दुबैले फराकीलो मतान्तरमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily