Aadarsh-Daily

सवारी दुर्घटनामा पर्साका एकजना स्वास्थ्यकर्मीको मृत्यु

ad-4p

वीरगञ्ज, २९ मंसिर । सवारी दुर्घटनामा परि पर्साका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

content ad p2
content left

मृत्यु हुनेमा पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ५ निचुटा स्थित स्वास्थ्य चौकीमा कार्यरत अहेब २५ वर्षिय उदय कुमार साह रहेका छन् ।

धनुषाको लालगढ स्थित कुष्ठरोग अस्पतालमा कार्यालयको काम लिएर जाने क्रममा साह सवार ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई मंगलबार पहिचान खुल्न नसकेको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णय

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily

रौतहटमा हुण्डीको ५ लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

Aadarsh Daily