Aadarsh-Daily

धोबिनी गा पा -१ को एक विद्यालयमा जोड़ बिजोड रोल नम्बर अनुसार पढ़ाई हुदै।

ad-4p
content left

सुन्दा सबैलाई अचम्म लाग्छ, अहिले सम्म गाडीहरू जोड़ बिजोड नम्बर अनुसार चलेको सुनिएको थियो तर पर्साको एक पालिकमा यस्तो विद्यालय संचालनमा रहेको जानकारिमा आएको छ ।
पर्सा जिल्ला धोबनी गाउपालिका वडा न.१ भिखमपुर पिपरामा अवस्थित श्री नेपाल राष्ट्रीय माध्यमिक विद्यालय कक्षा ८,९ र १०का विधार्थी हरुलाई जोड़ बिजोड रोल नम्बर अनुसार पठाई भइरहेको यस विधालयका नि. प्र. बिनय कुर्मीले जानकारी गराए। एउटा कक्षामा विद्यार्थी हरुको संख्या ८० देखी १०० सम्म रहेको तर कक्षा कोठा र शिक्षक हरुको संख्या कम रहेको कारण सेक्सन चलाउन नसकेर यस्तो उपाय गरेको बताउनु भयो।
साथै सो बिधालयमा २०५७ सालदेखी मुक बधिर ( बहिरा ) छात्र छात्राहरू लाई निशुल्क रुपमा भोजन लत्ताकपडा को साथै आवासिय रुपले पठनपाठन गराउदै आइएको र सो कार्यमा विभिन्न संघसंस्था हरुले सहयोग गर्दै आएको सामाजिक अभियन्ता एवं सन्चारकर्मी कन्हैया पटेलले जानकारी गराउनु भयो ।

content ad p2

सम्बन्धित खबर

एभरेष्ट पब्लिक स्कुलमा फुड फेस्टिवल : पढाइसँगै उद्यमशील सीपमा विद्यार्थीको दमदार प्रस्तुति

Aadarsh Daily

चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द

Aadarsh Daily

कक्षा १० का विद्यार्थीका लागि चौरसियाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

Aadarsh Daily