Aadarsh-Daily

वीरगन्जको विकासका लागि मेयर सिंह नगरवासीको घरदैलो

ad-4p

वीरगन्ज,०१ पुस : वीरगन्ज महानगरपालिकाले नयाँ बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको छ ।

content ad p2

महानगरका मेयर राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान उक्त सडक खण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएकाे र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिएको हो ।सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा समस्या हुनुका साथै दुर्घटना हुन सक्ने भएकाले हटाउन निर्देशन दिइएको हो ।

content left

शुक्रबार हटाउन चेतावनी दिएर आएको र शनिबारदेखि हटाएको नभेटिए महानगर आफैले हटाउने सिंहले बताए ।

वीरगन्जकाे सहायक बाइपाससँगै बाइपास सडक खण्डमा अहिले ठूला सवारी साधन बस, ट्रक जस्ता सवारी जथाभावी पार्किङ गर्ने गरेको भेटिने गरेको छ । यस्तै मेयर सिंह सहितको टोलीले वडा नम्वर ४ विर्तामा लाग्ने माछा बजारका कारण उक्त क्षेत्र दुर्गन्धित हुन पुगेको भन्दै जथाभावी फोहोर नफाल्न व्यवसायीहरुलाई पनि आग्रह गरेको छ ।

फोहोर तत्काल व्यवस्थापन गर्दै माछा बजार संचालन गर्न सचेत गराइएको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।टोलीले वडा नम्वर ५ र ३ का विभिन्न स्थानको अवलोकन गर्दै त्यहाँका स्थानीयसँग छलफल पनि गरेको छ ।

भेटका क्रममा मेयर सिंहले वीरगन्जको विकासका लागि आ–आफ्नो ठाउँबाट साथ दिन अनुरोध पनि गरे ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily