Aadarsh-Daily

काँग्रेसबाट निर्वाचित वडा सदस्य यादवको खेतमा लगाइएको अवैध गाँजा खेती नष्ट ।

ad-4p

बीरगंज । पर्सा प्रहरीले पर्साको पकहामैनपुर गाउँपालिकाको वडा नं १ धोरेमा लगाईएको अबैध गाँजा खेती फडानी तथा नष्ट गरेको छ।

content ad p2
content left

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी बरिष्ठ नायब निरीक्षक धर्मेन्द्र कुमार सिंह नेतृत्वमा गएको टोलीले पकहामैनपुर गाउँपालिका वडा १ धोरेमा ३ कठ्ठाको क्षेत्रफलमा लगाइएको भान्टा बारी एवं कोभि बारीमा लुकाई छिपाई लगाइएको गाँजा खेती आज नष्ट गरेको छ ।

पकहामैनपुर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेस पार्टीबाट निर्वाचित वडा सदस्य राजदेव यादवको खेतमा अवैध लागु औषध गाँजा लगाईएको सूचना पाए पछि प्रहरी वरिष्ठ नायब निरीक्षक सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले उक्त गाँजा फडानी गरि नष्ट गरेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खबर

उच्च पदस्थको सम्पत्ति छानबिन र भदौ २३–२४ घटनामा अध्ययन समिति गठन

Aadarsh Daily

कांग्रेस कार्यसम्पादन समिति बैठक सानेपामा सुरु

Aadarsh Daily

बहुदरमाई–२ मा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सम्पन्न

Aadarsh Daily